अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच तीन घण्टा देखि बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच तीन घण्टा देखि बालुवाटारमा छलफल जारी


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच तीन घण्टा देखिको भेटवार्ता जारी छ ।
आज बिहान साढे ९ बजेदेखि सुरू भएको भेटवार्ता अहिले पनि जारी छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो। पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः अहिले चलिरहेको छ।
भेटघाटमा के विषयमा छलफल चलिरहेको छ भनेर स्पष्ट भएको छैन ।