अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली र सभापति देउवाको भेटघाटले आशाको सञ्चार गराएको छ : साँसद दिपक गीरी

अध्यक्ष ओली र सभापति देउवाको भेटघाटले आशाको सञ्चार गराएको छ : साँसद दिपक गीरी


काठमाडौं – नेपाली कांग्रेसका सांसद् दीपक गिरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ता र संवादले जनतामा आशाको सञ्चार भएको बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् गिरीले चारैतिर निराशा फैलिएका बेला दुघ शीर्ष नेताबीच भएको संवादले आशाको सञ्चार भएको बताउनुभयो । ुचारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छु( उहाँले भन्नुभयो ।

लोकतन्त्रको रक्षा, राजनीतिक स्थितरता, सुशासन र संविधान संशोधनका लागि एमाले र कांग्रेसबीच संवाद र सहकार्य आवश्यक रहेको सांसद् गिरीले बताउनुभयो । निर्वाचन प्रणालीमा सुधार लगायत केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न छलफल आवश्यक रहेको भन्दै उहाँले संविधान संशोधनका लागि सबै दलसँग गर्नुपर्ने

लोकतन्त्रका लागि पटकपटक लडेका ठूला दलबीचको संवादबाट कोही पनि चिन्तित हुन आवश्यक नरहेको भन्दै सांसद् गिरीले यसलाई सकारात्मक लिन सबैलाई आग्रह गर्नुभयो ।