अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत

कांग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं-नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ।

संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र आज एमालेमा प्रवेश गर्नुभएको हो। उहाँसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गर्नुभएको छ। उहाँहरूसँगै लोसपाका अरू दर्जनौ नेता-कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभयो।

उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो।