अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य: राजेन्द्र लिङ्देन

कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य: राजेन्द्र लिङ्देन


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको बताउनु भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो। उहँले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो। संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’

अहिलेको संविधानले काम गर्दैन भनेर राप्रपाले पहिलेदेखि नै भन्दै आएको पनि अध्यक्ष लिङ्देनले बताउनु भयो। उहाँले भन्नुभयो, ‘संविधान के-केमा संशोधन गर्ने, यसका प्रक्रिया के हुन्छन्, यसले कस्तो स्वरूप लिन्छ, समय थुप्रै छ। यसलाई हामीले होसियारीपूर्वक हेर्ने र आफ्ना धारणा बनाउने कुरा छ।’

अध्यक्ष लिङ्देनले एमाले-कांग्रेससहित दलहरूसँग संवाद गरिने बताउनु भयो । उहाँले संविधान संशोधनको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे दलहरूसँग संवाद गरिसकेपछि थप धारणा बनाउने पनि बताउनु भयो ।