अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठक सुरू

एमाले सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा चलिरहेको छ।

हिजो बिहान बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो। बैठकमा नेपाली कांग्रेससँग सत्ता साझेदारीको सहमति भए अनुसार सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तयार गरिने बताइएको छ। त्यसैगरी समसामयिक राजनैतिक विषयको समीक्षा गरी आगामी रणनीति पनि सचिवालय बैठकले तय गर्ने भएको छ।

बैठकमा पार्टीका पदाधिकाी तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेरको विषयमा समेत छलफल हुने भएको छ।