अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश,आजै नियुक्तिको तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश,आजै नियुक्तिको तयारी


काठमाडौं – नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।