अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयुक्त समिति सभापतिमा नेकपाकी शाहले दिइन् उम्मेदवारी

संयुक्त समिति सभापतिमा नेकपाकी शाहले दिइन् उम्मेदवारी


काठमाडौं-संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीकी मदन कुमारी शाहले उम्मेदवारी दर्ता गराएकी छिन्।

राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् । शाहको प्रस्तावकमा कांग्रेसका जनकराज गिरी र समर्थकमा एमालेका पुष्पराज कडेल रहेका छन् ।

एमाले र कांग्रेसको समर्थनमा नेकपाले उम्मेदवारी दिएको हो। यो समितिमा रास्वपाबाट गणेश कार्कीले उम्मेदवारी दिएका छन्।