बुटवल-आज लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गर्नुभएको छ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया