अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रकाश तामाङले पाउनुभयो नागरिकता, भोलि काठमाडौं आएर प्रधानमन्त्रीलाई भेट्ने

प्रकाश तामाङले पाउनुभयो नागरिकता, भोलि काठमाडौं आएर प्रधानमन्त्रीलाई भेट्ने


काठमाडौं-‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि चर्चामा आएका प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाउनु भएको छ।

प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो। 

नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गर्नुभएको हो। नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थिति थियो।

प्रकाश शनिबार भोजपुर पुग्नुभएको थियो। शनिबार बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा तुम्लिङटार एयरपोर्ट हुँदै प्रकाश घर पुग्नुभएको हो।

नागरिकता लिएर प्रकाश काठमाडौँ फर्कने कार्यक्रम छ। काठमाडौँ फर्किएर प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिनु भएको थियो।