अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लक्षित शङ्कर पोखरेलको टिप्पणी: वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ?

रवि लक्षित शङ्कर पोखरेलको टिप्पणी: वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ?


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्ने स्पष्ट भएको बताउनु भएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित टिप्पणी गर्नुभएको हो।

सहकारीको रकम अपचलनबारे सभापति रवि लामिछानेले क्लिन चिट पाएको चर्चा भइरहेका बेला महासचिव पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्ने स्पष्ट भएको बताउनु भयो।

कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी गरिने खर्चबारे जानकार हुनु नपर्ने रास्वपाका नेता-कार्यकर्ताको दाबीको खण्डन गरेका हुन् ? भनेर उहाँले प्रश्न गर्नु भएको छ।

महासचिव पोखरेलले बुधवार सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीइओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’