अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रविलाई पक्राउ गर्न रास्वपा कार्यालय वनस्थली पुग्यो सीआईबीको टोली

रविलाई पक्राउ गर्न रास्वपा कार्यालय वनस्थली पुग्यो सीआईबीको टोली


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, वनस्थली पुगेको छ।

लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो। रवि अहिले पार्टी कार्यालयमा हुनुहुन्छ।

आजै कास्की जिल्ला अदालतबाट प्रहरीले रविलाई पक्राउ गर्न अनुमति लिएको थियो। 

अहिले रास्वपा कार्यालयमा समर्थकको ठूलो भिड लागेको छ। शुक्रबार सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी भएपछि समर्थकहरू पार्टी कार्यालयमा भेला भएका हुन्।