अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। कात्तिक ४ गते आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ। 

बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन। भोलिको बैठकमा रास्वपा सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्नसक्ने सम्भावना छ।

यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो। लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो।

एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान पनि गरिसकेको छ।