अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेम आलेले छोडे एकीकृत समाजवादी, कुन पार्टीमा जालान ?

प्रेम आलेले छोडे एकीकृत समाजवादी, कुन पार्टीमा जालान ?


काठमाडौं-नेकपा एकीकृत समाजवादी (एस) का नेता तथा प्रतिनिधिसभा सदस्य प्रेम आलेले पार्टी छोडेको बताउनु भएको छ।उहाँले एस पार्टी छोडिसकेको बताउनु भएको हो।

एकीकृत समाजवादीबाट ठूलो संख्यामा नेताहरू बाहिरिने हल्लाकाबीच नेता आलेले पार्टी छोडेका हुन्।

‘मैले पार्टी छोड्ने नै भएर महाधिवेशन बहिष्कार गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘अहिले पार्टी पूर्ण रुपमा छोडिसकेको छु।’ अबको गन्तव्यबारे भने अहिले नै टुंगो नलगाएको आलेले बताउनु भयो । ‘नेकपा एकीकृत समाजवादी छोडिसके पनि अब कुन पार्टीमा जाने भन्ने विषयमा धारणा बनाएको छैन,’ उहाँले भन्नुभयो।

आले एसको तर्फबाट उम्मेदवार हुँदै डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनु भएको थियो। उहाँलाई नेपाली काङ्ग्रेसले सघाएको थियो ।