अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना छैन: प्रधानमन्त्री ओली

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना छैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताउनु भएको छ।

 प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो कुरा बताउनु भएको हाे। प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश आफूले ल्याउन नचाहेको जवाफ प्रतिपक्षी दलहरुलाई दिनुभएको थियो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित प्रतिपक्षी दलका नेताहरुसँगको भेटमा ओलीले सो जवाफ दिनुभएको हो।

प्रधानमन्त्री ओली भन्नुभयो, ‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन। अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो कुनै योजना छैन।’