अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुई-चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुँदैन: प्रधानमन्त्री ओली

दुई-चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताउनु भएको छ।

आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको भन्दै कोही उफ्रँदैमा डेमोक्रेसी खत्तम नहुने बताउनु भयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म भन्दिन चाहन्छु, दुई-चार अराजक तत्त्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन। हुन दिइने छैन।’ उहाँले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनुपर्छ भन्ने बुझेको पनि बताउनु भयो।

कसैले हतियार चलाउन बिर्सेका छैनौँ भन्दैमा आत्तिनुनपर्ने भन्दै प्रधानमन्त्रीले दुई-चार हजारको जुलुस निस्कँदैमा आजभोलि नै सरकार ढल्छ भन्दै गलत प्रचार गरेको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने। अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन। खुर्सानी चपायो भने पिरो हुँदैन ?’

ओलीले माओवादी केन्द्र र रास्वपाको आन्दोलनलक्षित टिप्पणी गर्नुभयो। उहाँले सरकारले कसैलाई पनि अन्याय गर र गिरफ्तार गर नगर्ने बताउनु भयो।

‘निष्पक्षताबाट सरकार पछि हट्दैन । दुई/चार जना कराएर न्यायालय प्रभावित पार्छु भन्ने ठानेको छ भने मैले विश्वास लिएको छु त्यस्ता हा..हु..बाट प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै हुँदैन’, प्रधानमन्त्रीले भन्नभयो, ‘मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुने ।’