अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपत्तिको सामाना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरणमा मन्त्री दाहालको जोड

विपत्तिको सामाना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरणमा मन्त्री दाहालको जोड

मन्त्री दाहालद्वारा विज्ञहरुलाई पाँच प्रश्न


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई बिपत्तीको सामना गर्न सक्ने ज्ञान र सीप हस्तान्तरण जरुरी रहेको बताउनु भएको छ।

अन्तर्राष्ट्रिय बिपद् जोखिम न्युनिकरण दिवशका अवसर नेपाल भुगर्भ समाजले मंगलबार काठमाडौमा गरेको कार्यक्रमलाई संवोधनका क्रममा उहाँले अब बन्ने संरचनाहरु नेपाली भुगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनु पर्नेमा समेत जोड दिनु भयो ।

‘उत्थानशिल भविश्यको लागि भावि पुस्ताको सशक्तिकरण’ भन्ने नाराका साथ यस वर्षको विभिन्न निकायहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय बिपद् जोखिम न्युनिकरण दिवशको कार्यक्रम भुगर्भ समाजले आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथी मन्त्री दाहालले भुगर्भको अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो।

रोजगारी, उद्यमशिलता र अवसरहरुको सिर्जना गरि युवाहरुलाई स्वदेशमानै रहने वातावरण बनाउन सरकार क्रियाशिल रहेको भन्दै उहाँले स्वदेशमा युवाहरु रहे मात्र विपत्तीको बेलामा परिचालन गर्न सकिने बताउनुभयो। नेपालको भौगर्भिक र वातावरणीय अध्ययन् भविश्य लक्षित छन् कि छैनन्, संरचनाहरु निर्माणका डिजाईन उपयुक्त छन् कि छैनन्, प्रविधिले नेपाली माटो र भुगोल चिनेको छ कि छैन, विकासको मोडेल परिवर्तनको आवश्यकता हो कि होईन तथा विपत्को सामना गर्न हाम्रो तयारी सक्षम छ कि छैन भनि विश्लेषण गर्नु पर्ने बेला आएको भनि मन्त्री दाहालले विज्ञहरुलाई प्रश्न समेत गर्नुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल भौगर्भिक विपत्तीको उच्च जोखिममा रहेकाले क्षति न्युनिकरणका लागि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले जलवायू परिवर्तनको असर विश्वव्यापी चुनौती बनि रहेको बताएका थिए। विश्वव्यापी तापमानवृद्धीका कारण हिमाल बचाउने तर्फ ध्यान जान जरुरी रहेको उनीहरुको भनाई थियो।