अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण

मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाउनु भएको छ।

झापा गौरदह-३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उहाँले टीका लगाउनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिनुभयो।

मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी हुनुहुन्छ। टीका लगाउनु भएसँगै उहाँले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो। उहाँले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो।