अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा  उहाँले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताउनुभएको छ। 

 सन्देशमा उहाँले भन्नुभएको छ, ‘सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु।’

अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्व महत्वपूर्ण मौलिक पर्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘हर्षोल्लासका साथ धुमधामसँग मनाइने यस पर्वले धर्म, संस्कृति एवम् रीतिरिवाजको संरक्षण गर्दै हामीबीचको आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको छ।’

छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति एवम् विस‌ङ्गतिको अन्त्य गरी समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो। सबै प्राणीहरुमा बिना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको पूजा आरधना गर्दै छठ पर्व मनाइन्छ।

आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न गरिन्छ ।