अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यी हुन् एमालेका स्थानीय तह उपनिर्वाचनका उम्मेदवार (सूची)

यी हुन् एमालेका स्थानीय तह उपनिर्वाचनका उम्मेदवार (सूची)


काठमाडौं-नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि अधिकांश उम्मेदवारहरू टुंगो लगाएको छ। कात्तिक २४ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पालिका, नगर, जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको सूची अनुमोदन गरेको हो।

एमालेले काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ। कीर्तिपुर-१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने बनाएको छ।

यस्तै मोरङ ग्रामथान गाउँपालिका अध्यक्षमा तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पालाई उम्मेदवार बनाएको छ।

लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदार बनाएको छ। उहाँ एमाले जिल्ला कमिटीको उपसचिव हुन्। त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाएको छ।

यसैगरी जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ। एमालेको नलगाढ नगरपालिका कमिटीले सर्वसम्मत रूपमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान पनि सुरू गरिसकेको छ।

मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ।