अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पक्राउ परेका मनाङेलाई सीआइबीको कार्यालयमा लगियो

पक्राउ परेका मनाङेलाई सीआइबीको कार्यालयमा लगियो


काठमाडौं-काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्‍याइएको छ। प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो। 

मनाङेलाई केही समयमा अदालतमा उपस्थित गराइने सीआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो। मनाङेलाई आजै जेल चलान हुने बताइएको छ ।

गत २० कात्तिकमा सर्वोच्च अदाललतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगत्तै फरार भएका मनाङे एक सातापछि पक्राउ परेका हुन् । सो मुद्दामा उनी यसअघि करिब साढे दुई वर्ष जेल बसिसकेका थिए । बाँकी अवधि उनी जेलमा बस्नुपर्ने हुन्छ।

२०६१ सालमा अर्का गुण्डानाइके चक्रे मिलनको हात छिनाएको घटनामा सर्वोच्चले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको थियो । उच्च अदालतले गरेको पाँच वर्ष कैदको सजायलाई सर्वोच्चले सदर गरेको हो । गुन्डागर्दी पृष्ठभूमिका उनी मनाङ (२) बाट निर्विरोध निर्वाचित भई ६ पटक गण्डकी प्रदेशमा मन्त्री भइकेका छन् ।