अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पौडेलले विशेष सम्बोधन गर्नुहुँदै

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पौडेलले विशेष सम्बोधन गर्नुहुँदै


काठमाडौं- नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
अहिले बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रुपमा रहने छन् । पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नुहुनेछ । नयाँ नेतृत्वलाई संगठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउने,मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुहुने ढकालले जानकारी दिनुभयो ।
यसैगरी पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसंगठनबीचको समन्वयमा देखिएका अफठ्याराहरुलाई सहजिकरण गरेर संगठनको भूमिकालाई कसरी प्रभावकारी रुपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नुहुनेछ । नयाँ नेतृत्वलाई पार्टीको जनसंगठन संयन्त्रका नीति,विधि र भूमिकाका बारेमा जनसंगठन समन्वयका प्रमुखका बारेमा प्रमुख भानुभक्त ढकालले प्रष्ट पार्नुहुने छ ।बैठककमा हरेक जनसंगठनका अध्यक्षले महाधिवशेनपछि हालसम्मको अवस्थाका बारेमा रिर्पोटिङ गर्नुहुनेछ । आजको बैठकबाट निवर्तमान अध्यक्षहरुलाई विदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिनुभयो । एमालेका २३ जनसंगठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरु सुरु हुने चरणमा छन् ।