काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक एक मन्त्रीले बताएका छन् ।
आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो ।
संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लाग्नु भएको हो ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।
प्रतिक्रिया