अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै


काठमाडौँ-प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बुधबारको लागि तय भएको यो बैठक अध्यक्ष प्रचण्ड चितवनबाट काठमाडौँ नआइपुगेको कारण आजको लागि सारिएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले जानकारी दिनुभयो। 

प्रमुख दलका तीन नेताबीच संसद्मा रास्वपासहितका दलले गरिरहेको अवरोध र समासामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।