अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की

पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुने बताउनुभएको छ।

विधेयकका सबै काम सकिएको भन्दै मुख्यमन्त्री कार्कीले आगमी अधिवेशनमा पेश गर्ने जानकारी दिनुभयो। पुस २ गते मंगलबार कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोशी प्रदेशका नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उहाँले पत्रकारका हक हितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास तथा सम्वृद्धिको लागि कृषिमा आधारित उद्योग र पर्यटन नै मुल आधार रहेको भन्दै अब सम्वृद्धिका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो। उहाँले कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै यसको लागि प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभयो। उहाँले प्रदेश सरकारले चिया सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहेको भन्दै सहयोगका लागि समेत आग्रह गर्नुभयो ।

अहिले विरोधका लागि विरोध गर्दै बन्द हड्ताल लगायतका विरोधका कार्य नगरी पर्यटक मैत्री वातावरण बनाउन समेत आग्रह गर्नुभयो।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका नवनिर्वाचित कार्यसमिति, झापा, मोरङ, सुनसरी, धनकुटा र सोलुखुम्बु जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री कार्कीलेबधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो। कार्यक्रममा पत्रकार महासघका निर्बतमान अध्यक्ष लिलाबल्लभ घिमिरे, अध्यक्ष भरत खड्का , सुशीला पाठक लगायतले बोल्नुभएको थियो।