अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। अध्यक्ष लिङ्देनले  २०८१ पुस २५ गते बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओलीसँग भेट भए पनि समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ । 

राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दै छ।