अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु


मकवानपुर-बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशन सुरुवातको शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको छ। बिहीबार साँझ बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो।

सभामुख पाठकका अनुसार प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा सदनलाई जानकारी गराउने समेत कार्यसूची निर्धारण भएको छ । गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो । यस अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो । लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।