अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा ‘कमरेड हिजो र आज’को लोकार्पण

सभामुख घिमिरेद्वारा ‘कमरेड हिजो र आज’को लोकार्पण


विराटनगर-कोशी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेद्वारा लिखित पुस्तक ‘कमरेड हिजो र आज’ लोकार्पण गरिएको छ।

विराटनगरमा माघ १९ गते शनिबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पुस्तक लोकार्पण गर्नुभएको हो।

पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले वर्तमान संविधानले जनतालाई सबै अधिकार र अवसर प्रदान गरेको बताउनु भयो। यो पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको सभामुख घिमिरेले बताउनुभयो। पुस्तकका माध्यमबाट भोलि गर्ने काम पनि देखाइएको सभामुख घिमिरेको भनाई छ।

सभामुख देवराज घिमिरेले झापा आन्दोलनलाई कसैले भुल्न नसक्ने समेत बताउनु भयो।

साहित्यको संरक्षण गर्नु पर्नेमा सभामुख घिमिरेले जोड दिनुभयो। राजनीतिले हिजोको कुरालाई भुल्न नहुने भन्दै, इतिहासको संरक्षण गर्न पालिका, प्रदेश र संघीय सरकारले काम गर्न सुझाव दिनुभयो।

पुस्तकका मुख्य पात्रहरूलाई जनही र अन्य पात्रहरूलाई सामूहिक रूपमा सम्मान गरिएको हो।

विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर–१ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाललाई विशेष सम्मान गरिएको छ। त्यस्तै कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलाई पनि सम्मान गरेको छ।

एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री घिमिरेले विसं २०३६-०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन्। पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको छ। २०३६-०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी श्रोत हुने लेखक घिमिरेको भनाई छ।

एमाले उपाध्यक्ष शाक्य काठमाडौंमा धनी परिवारमा जन्मिएर पनि तत्कालीन निरङ्कुशता विरुद्ध लडेको र उनको प्रेरणाबाट नेपाली महिलाहरू आन्दोलनमा होमिएको २०४६ सालमा नेकपा माले झापा अध्यक्ष भएर आन्दोलनको नेतृत्व लिएको स्मरणमा सम्मान गरिएको लेखक घिमिरेले बताउनु भयो।

विराटनगर १ की रिमालको घरमा ०४६ को आन्दोलन सफल बनाउन जननेता मदन भण्डारी नेतृत्वमा नेपाली कांग्रेस र एमालेबिच सहमति भएको थियो। 

प्रगतिशील लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन र मुख्य पात्रहरूलाई सम्मान गर्नुभएको हो। एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन्।