अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन सकेन: मुख्यमन्त्री कार्की

संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन सकेन: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताको पूर्णरुपमा कार्यान्वयन नभइसकेको बताउनु भएको छ।

प्रशासनीक संघीयता, वित्तिय संघीयता र राजनीतिक संघीयताले अझै पनि पूर्णता नपाएको मुख्यमन्त्री कार्कीले बताउनुभयो। आज कोशी प्रदेश सभा स्थापनाको ७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अहिले पनि प्रशासनिक संरचना नबनिसकेको बताउनुभयो।

प्रहरी समायोजन लगायतका कामहरु अझै बाँकी रहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘दलहरुले र दलका नेताहरुले अझै पनि केन्द्रकै मुख ताक्ने गरेका छौँ, यो ठिक पनि होला एक ढंगले, तर साना मसिना कुरा पनि निर्णय गर्न सकिरहेका छैनौँ।’

यस्तै वित्तिय संघीयता कार्यान्वनयमा समेत ५ वर्षसम्म केही काम हुन नसकेको र अहिले केही काम सुरु गरिएको मुख्यमन्त्री कार्कीलेले बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको छुट्टै राजस्व कार्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कार्यालयको नाम अहिलेसम्म नटुंगिएको भएपनि केही दिनमा नै राजश्व हेर्ने गरीको कार्यालय स्थापना गर्ने बताउनुभयो ।

सो कार्यालयले स्थानीय तहहरु र संघीय संरचनाहरुसँग समन्वय गरेर राजश्व र करहरु व्यवस्थित गर्ने र बढाउने उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले अनुभवहरुले नै संघीयता बलियो बनाउने भन्दै यो ७ वर्षमा बटुलेको अनुभवका आधारमा प्रदेश सरकार अघि बढी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मको अवस्था हेर्दा कोशी प्रदेश सभा सफल रहेको बताउनुभयो। कार्यक्रममा सम्बोधन गर्दै कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टले प्रदेश सभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।