अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको महाधिवेशनबारे केपी ओलीको चासो, सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन

प्रेस चौतारीको महाधिवेशनबारे केपी ओलीको चासो, सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको गतिविधिको बारेमा चासो लिनुभएको छ।

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका सम्पन्न जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनका सिकाइ र उपलब्धिको विषयमा प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको छ।

संगठनका अध्यक्ष गणेश बस्नेतसँग पार्टीको तर्फबाट संगठनका इञ्चार्ज तथा स्थायी समिति सदस्य राजेन्द्र गौतम तथा जनसंगठन संयन्त्रका प्रमुख पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतको उपस्थितिमा प्रधानमन्त्री ओलीले ब्रिफिङ लिनुभएको हो ।

दशौँ महाधिवेशनको तयारी, जिल्ला र प्रदेश अधिवेशन तथा एकता अभियानको विषयमा परिणाममूलक छलफल र निर्देशन प्राप्त भएको संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो। ‘महाधिवेशनको काम र भावी नेतृत्वबारे छलफल र निर्देशन प्राप्त भएको छ’, अध्यक्ष बस्नेतले भन्नुभयो।

छलफलको क्रममा एक जिल्लामा मतदानबाट र बाँकी सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी पार्टी अध्यक्षलाई गराएको बस्नेतले बताउनुभयो । यसलाई पार्टी अध्यक्ष ओलीले सकारात्मक रूपमा लिनुभएको र महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुनेमा पूर्णतः विश्वास व्यक्त गर्नुभएको बस्नेतले जानकारी दिनुभयो ।