काठमाडौं-प्रेस चौतारी नेपालले सो संगठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
लामा लामो समयदेखि गम्भीर स्वास्थ्य समस्या भई उपचार गराइरहनुभएका महतको उपचारका लागि संगठनले सहयोग गरेको हो।
संगठनको दोस्रो मधेस प्रदेश अधिवेशनको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा संगठनले महतकोको उपचारका लागि रु.१ लखा रुपैया प्रदान गरेको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतको उपस्थितिमा संगठका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले सो रकमको चेक हस्तान्तरण गर्नुभयो।
प्रेस चौतारी नेपाल रौतहट जिल्ला अधिवेशनमा महतको उपचारका लागि प्रेस चौतारी नेपालको तर्फबाट सहयोग गर्ने अध्यक्ष पाण्डेले घोषणा गर्नुभएको थियो। सोही घोषणा अनुसार आज रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा अध्यक्ष बस्नेतले महतको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो।
प्रतिक्रिया