अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको अध्यक्षमा लालबाबु शेख

प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको अध्यक्षमा लालबाबु शेख


काठमाडौं-प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको छ।
संगठनका सोमबार रौतहटमा भएको प्रदेश अधिवेशनले लालबाबु शेखको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी हुनुहुन्छ ।
महासचिवमा दिवाकर भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा जितेन्द्र शाह निर्वाचित हुनुभएको छ । यसै गरी सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, सङ्गीता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो निर्वाचित हुनुभएको छ ।