अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ झापाका इन्चार्ज आङ्देम्बेसहित तीन जना युवामाथि आक्रमण गरेको आरोपमा खालिङ पक्राउ

युवा संघ झापाका इन्चार्ज आङ्देम्बेसहित तीन जना युवामाथि आक्रमण गरेको आरोपमा खालिङ पक्राउ


बिर्तामोड-राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड-४ बस्ने खगेन्द्र खालिङ्ग रहेको झापा प्रहरीले जनाएको छ।

खालिङ्गलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । घटनामा अन्य युवाहरु समेत भएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ।

गएराती हत्या गर्ने योजनासहित भएको आक्रमणबाट युवा संघका तीन जना युवा नेता गम्भीर घाईते भएका छन्। घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ। इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य दुई जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ। आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो। खुकुरीबाट उहाँको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ।

घटना विवरण अनुसार बिर्तामोड-४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएका थिए। घरभित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। योजनावद्ध रुपमा आक्रमण गरिएको घाइतेहरुले बताए।

अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाईकलमा आएका सोहि समुहका ४ जनाले आक्रमण गरेको थियो ।