अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैनः प्रधानमन्त्री ओली

कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैनः प्रधानमन्त्री ओली


जनकपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताउनु भएको छ।

आज मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस-नेकपा एमालेसहितको वर्तमान सरकारलाई कसैले ढाल्न नसक्ने बताउनु भएको हो। उहाँले वर्तमान सत्ता समीकरणलाई कसैले हल्लाउन नसक्ने बताउनु भयो।

वर्तमान सरकार देशका समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि बनेको प्रधानमन्त्री ओली बताउनुभयो।

प्रधानमन्त्री ओलीले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको दाबी गर्नुभयो। 

‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि यो समीकरण बनाइएको हो। हरेक दिन सरकार फेरिन्छ कि, फेरिन्छ कि भनेर भ्रम फैलाउने काम भइरहेको छ। जुन खालको अस्थिरताको स्थिति थियो, दाउपेचको स्थिति थियो, त्यसलाई अन्त्य गर्नको लागि यो समीकरण बनाइएको हो,’ प्रधानमन्त्री ओली भन्नभयो, ‘केही मान्छेहरुलाई सौख जस्तो थियो, तिनीहरु पनि थाकिसके। यो सरकार बन्नै नदिन कोशिस गरिरहेका थिए, बन्दैन भन्दै थिए, विश्वासको मत प्राप्त गर्दैन भन्दै थिए, झन्डै दुई तिहाइ त नेकपा एमाले र नेपाली कांग्रेससँग मात्रै छ। बहुमतको कुनै कमी छैन। दुई वटा पार्टीले संकल्प गरेका छन् । हामी चुनावसम्म सँगै जान्छौँ।’

अहिले स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि दुई वटा पार्टी मिलेर सरकार बनाएको प्रधानमन्त्री ओली बताउनुभयो।