अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार


कपिलवस्तु-कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

गोली भित्तामा लागेको प्रहरीका भनाई छ। साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिनुभयो।