अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल नेपाल महिला संघले राष्ट्रिय युवा भेला गर्दै, यस्तो छ विशेष योजना

अखिल नेपाल महिला संघले राष्ट्रिय युवा भेला गर्दै, यस्तो छ विशेष योजना


काठमाडौं-नेकपा एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रिय युवा भेला गर्ने भएको छ। यही वैशाख १० गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय युवा भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ।

अनेमसंघ केन्द्रीय युवा कमिटीले आयोजना गर्न लागेको वर्तमान परिवेशमा युवा महिला र आगामी गन्तव्य विषयक अन्तरक्रियात्मक राष्ट्रिय युवा भेलाका लागि देशभरबाट युवा महिला काठमाडौँ आउने महासचिव पेम्बा लामाले जानकारी दिनुभयो।

अनेमसंघ केन्द्रीय युवा कमिटीका प्रमुख विन्दु अधिकारीका अनुसार सो भेलामा देशभरबाट करिब ८ सय युवा सहभागी हुने छन। भेलाले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भइरहेको षडयन्त्रप्रति युवा बर्गलाई बिशेष प्रशिक्षितसमेत गर्नेछ। राष्ट्रिय युवा भेलाको प्रमुख अतिथीका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ।