अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला-२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ।

विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित भेटघाट गर्नुभएको हो।

इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरुलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताउनुुभयो। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरुमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, दुुबइ, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायतका नेपाली मूूलका प्रतियोगीहरुको सहभागिता रहेको इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो ।