अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ घाइते

पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ घाइते


काठमाडौं-ताप्लेजुङको पाथीभरा जाँदै गरेको बोलेरोमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सदरमुकाम फुङलिङबाट पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लाग्दा सो घट्ना भएकाे प्रहरीले जनाएको हो।

सो घटनामा बोलेरो चालक फुङलिङ नगरपालिका १० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापा घर भएकी वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीम दाहालले जानकारी दिनुभयो। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उहाँले बताउनु भयो।