अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार वर्षमै आमा गुमाँए,धमिलो स्मृति मात्रै छ : प्रधानमन्त्री ओली

चार वर्षमै आमा गुमाँए,धमिलो स्मृति मात्रै छ : प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आमालाई पृथ्वीको संज्ञा दिनु भएको छ ।
मातातिर्थ औंशीका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्ण आमाहरुलाई शुभकामना दिंदै प्रधानमन्त्री ओलीले आमा पृथ्वीको प्रत्यक्ष स्वरुप भएकोले सबै आमाप्रति समर्पण र कृतज्ञताको भाव अझ बढेर जाओस भन्ने शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफूले चार वर्षकै उमेरमा आमा गुमाउनु परेकोले आमाको अनुहार धमिलो मात्र सम्झनामा रहेको उल्लेख गर्नुभएको छ । उहाँले जन्मभूमि नै आमाको प्रतिरुपको रुपमा रहेको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन,किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्यो ।