अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वागमती प्रदेशले स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्तालाई क्षमता अभिवृद्धि तालिम

वागमती प्रदेशले स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्तालाई क्षमता अभिवृद्धि तालिम


काठमाडौं-वागमती प्रदेश सरकारले स्थानीय न्यायिक सहजकर्ताहरूको एक दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।
स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहजकर्ताहरूको ज्ञान, सीप र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तालिमको आयोजना गरेको हो।

तालिममा कानूनी साक्षरता, वैकल्पिक विवाद समाधान प्रणाली र स्थानीय न्यायिक समितिका कार्यप्रणालीबारे प्रशिक्षण गरिने बताइएको छ। तालिको उद्घाटन सत्रमा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले पालिकाको न्यायिक निरुपणमा सहजिकरण गर्न स्थानीय सहजकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो। उहाँले स्थानीय तहसँग न्यायिक सुधारका काममा प्रदेश सरकार समन्वय गर्न सधैं तत्पर रहेको बताउनुभयो। उहाँले पछिल्लो समय मेलामिलापकर्ता हरेक टोल र समाजमा आवश्यक पर्ने उल्लेख समेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘न्यायिक सहजकर्ता भन्ने बित्तिकै पालिकासँग सहजिकरण गर्ने हो। कानूनसँग सहकार्य गर्नको लागि प्रदेश सरकार सधैं समन्वय गर्न तयार नै रहन्छ। यो तालिम पश्चात जहाँ गएपनि तपाईहरु खट्न सक्ने र र काम गर्न सक्ने भएर जानुहोस्, शुभकामना । अहिलेको समयमा मेलमिलापकर्ता हरेक समाज र हरेक टोलमा चाहिने बेला भइसकेको छ।’

सहभागीहरूले तालिमबाट न्यायिक आचरण, मुद्दा व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयबारे महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास लिएका छन्। – न्युज एजेन्सी नेपाल