अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीबाट कोशी लगानी सम्मेलनको उद्घाटन

प्रधानमन्त्री ओलीबाट कोशी लगानी सम्मेलनको उद्घाटन

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु


विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन-२०८२ को उद्घाटन गर्नुभएको छ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गर्नुभएको हो।

सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ।

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो।

उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजिकरण गर्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश लागनी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताउनुभयो। कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ। एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको उहाँले बताउनुभयो।