अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रम

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने


काठमाडौं-सरकारले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण व्यावसायिक बनाउने भएको छ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो।

राष्ट्रपति पौडेलले कृषिमा यान्त्रिकिकरणमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाइने बताउनु भयो। राष्ट्रपति पौडेलले कृषिमा युवा जनशक्तिलाई आकर्षण गर्न भूमि, कृषि सामग्री, बजार तथा बीमाको इको सिस्टम बलियो बनाइने बताउनु भयो । उहाँले  भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गरिने बताउनु भयो।

आफूले गर्न लागेको व्यवसायको परियोजना धितो राखी स्थानीय वित्तीय संस्थामार्फत आर्थिक तथा कृषि उपजका सामग्रीको व्यवस्था गरिने बताउनु भयो। कृषि क्षेत्रमा जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि प्रणालीमा आवद्य गरी पाइलट प्रोजेक्ट शुरु गरिने बताउनु भयो।