अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाषा दिवसको अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा

भाषा दिवसको अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं-बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ। भाषा दिवसको अवसरमा आज (वैशाख २४ गते) सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो।

प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उल्लेख छ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो।