अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शोभाकान्त पौडेल सचिवमा बढुवा

शोभाकान्त पौडेल सचिवमा बढुवा


काठमाडौँ-सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन्। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

पर्यटनमन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त थियो । सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको थियो ।

पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।