अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको चौदण्डीगढीमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

उदयपुरको चौदण्डीगढीमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश


उदयपुर-पछिल्लो समय उदयपुरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ। मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा लगायतका पार्टी परित्याग गरी धमाधम एमाले प्रवेश गर्न थालेका छन् ।

यही क्रममा जिल्लाको चौदण्डीगढी नगरपालिकामा मात्रै पाँच सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । चौदण्डीगढी नगरपालिकामा हिजो र आज गरी दुई दिनमा मात्र ४७ जना एमाले प्रवेश गरेका छन्। हिजो शुक्रबार मात्र नगरको वडा नम्बर ८ स्थित बेसरामा ३५ जना स्थानीयहरुले एमाले रोजेका हुन् । शनिबार आज पुन: नगरकै वडा नम्बर १ गायोघारी र विर्ताका १२ जनाले एमालेमा प्रवेश गरेका छन् ।

पछिल्लो समय एमाले प्रवेश गर्नेहरुले देशलाई समृद्धिको यात्रामा लैजाने भए देशमा एमालेको एकल सरकारको आवश्यकता रहेको भन्दै आफूहरु एमाले प्रवेश गरेको बताएका छन्। उनीहरुले एमाले अध्यक्ष केपी ओलीले देखेको सपना पुरा गर्न आफुहरु एमाले प्रवेश गरेको बताउदै अब देश एमाले मय बनाउन आव्हान समेत गरे। उनीहरुले एमाले प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि र नगर कमिटीका पदाधिकारीहरुले एमाले प्रवेश गराएका थिए ।