अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतको साँसद डा.खड्कालाई खुला पत्र

नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतको साँसद डा.खड्कालाई खुला पत्र


माननीय डा.नारायण खड्काज्यू,
जय नेपाल ।

हजुरको अथक प्रयास, मेहनेत र पहलकदमी पश्चात आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तब्यमा उदयपुर जिल्लाको प्रस्तावित सगरमाथा विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ भन्ने विषय उल्लेख भएर आएकोमा नेपाल सरकारलाई समाजिक सन्जाल मार्फत हजुरको सचिबालयबाट धन्यबाद ज्ञापन गरेको देखियो । अब हामी उदयपुरेहरू पनि हवाई जाहाजमा यात्रा गर्न पाउने भइयो भनेर हजुरको सचिवालयको पोष्ट पढेर हर्षित भयौं ।

आज भन्दा ४६ महिना पहिला अर्थात २०७८ ।०५ ।२५ को मन्त्री परिषदको निर्णय अनुसार १५६.११ हेक्टर क्षेत्रमा फैलियको त्रियुगा नगरपालिकाको ३ सामुदायिक वनहरु क्रमशः मोथियाही सामुदायीक वनको ८३.२३ हेक्टर वनक्षेत्रको ५६०७ रुख, त्यसै गरि कङ्ग सामुदायिक बन उपभोक्ता समुहको ७५.३५ हेक्टर वनक्षेत्रमा फैलियको १२६३८ रुख र शिवालय धार्मिक वन ०.५२ हेक्टर क्षेत्रफलको १७८ रुख गरि जम्मा १८४२३ रुख मध्ये १०५.१० हेक्टर वन क्षेत्रको १३६३७ रुख हटाउने र बाँकी हरित क्षेत्रको लागि छोडने गरि २०७८।१०।२५ गतेको बन मन्त्रालयको निर्णय अनुसार रुख कटानको कार्य अगाडी बढाइएको देखिन्छ । यो रुख कटानको आदेश हुँदै गर्दा तपाईं नेपाल सरकारको परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । २०७९ सालको आम निर्वाचनको सम्मुखमा आएर जनतालाई अब हाम्रो जिल्लामा पनि विमानस्थल (हवाई जहाज गिरान) निर्माण हुन्छ भन्ने विश्वास दिलाउदै भोट आकर्षित गर्ने कार्यमा यहाँलाई पूर्णरूपमा सफलता नै मिलेको देखिन्छ । शक्ति,पहुँच र सामर्थ्यको आधारमा विमानस्थल निर्माणको सुनिश्चिता नभई ३ वर्ष पहिला रुख कटान गर्ने र त्यसकार्यको सम्पूर्ण रूपमा (जस र श्रेय) लिने पनि तपाईं अनि अहिले आएर ३ वर्ष पछि विस्तृत परियोजना प्रतिवेदनको लागि सरकारले बजेट वक्तव्यमा समावेश गरेकोमा आफ्नो सचिवालयलाई धन्दवाद ज्ञापन गर्न लगाउने पनि तपाई नै । डाक्टर साव यो दुबै कार्यलाई तुलना गरेर हेर्दा हामिले के बुझ्ने ? दोहोरो चरित्र प्रर्दशन वा अरु नै ?


अहिले आएर बल्लतल्ल परियोजनाको विस्तृत प्रतिवेदन तयार हुँदै छ भने तपाईले ३ बर्ष पहिला आफू संलग्न पार्टीको नेता प्रधानमन्त्री रहेको मन्त्रीपरिषदवाट रुख कटानको निर्णय गराएर किन जङ्गल बिनास गरि वातावरण माथि यतिसम्म निर्मम हुनुभएको ?

स्वच्छ वातावरणमा बाँच्न पाउने हरेक प्राणीको अधिकारलाई यसरी निर्ममतापूर्वक बञ्चित गराउनु वाञ्छनीय हो त ? उक्त क्षेत्रमा रुख कटान गरेको समयदेखि हाल सम्म ती रुख विरुवा, वन जङ्गल र प्रकृतिबाट मानव समुदायले निःशुल्क रूपमा प्राप्त गर्ने कुराहरू के के हुने थिए ? एक पटक त्यसतर्फ गहिरो गरी चिन्तन गरौं है त डाक्टर साव । हामीले के के कुराहरु देख्न सक्दा रहेछौं ।

त्रियुगा नगरपालिका वडा नं– २ जोगीदह चुरक्षेत्रमा प्रस्तावित सगरमाथा विमानस्थल र त्यसको पारिस्थितिकीय मूल्य

प्रस्तावित विमानस्थल र चुरे क्षेत्र

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं २ मा प्रस्ताव गरिएको सगरमाथा विमानस्थल क्षेत्रको १३,६३७ वटा रैथाने जातका रुखहरू मुलत चुरे क्षेत्रमा थिए । जुन भूखण्ड भनेको हिमाल, पहाड र तराईको संगमस्थल हो र यो क्षेत्र जैविक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । यी रुखहरू कटान गरेको आज ३ वर्ष व्यतीत भैसकेको छ तर वल्लतल्ल आज आएर परियोजना प्रस्ताव तयारको लागि मात्र वजेट वक्तव्यमा समाविष्ट भएको छ ।
चुरेका यी वनक्षेत्र र रुखहरूबाट के के हरायो त ?
१. प्राकृतिक र पारिस्थितिक लाभ
स्वभावैले बोटबिरुवले कार्बन डाइअक्साइड सोस्ने र अक्सिजन उत्पादन गर्ने कार्य गर्छन् ।
नेपालको चुरे क्षेत्रमा औसत कार्बन भण्डारण ९० टन प्रति हेक्टर रहेको
छ । यस क्षेत्रको वार्षिक औसत कार्बन पृथकीकरण दर ५ टन प्रति हेक्टर रहेको छ भने कार्बनडाइअक्साइसँग समतुल्य कार्बन पृथकीकरण दर ८ टन प्रति हेक्टर छ । हालसम्म करिब १०५ हेक्टर वन क्षेत्र फडानी भइसकेको छ । जसबाट अनुमानित ९,४५० टन कार्बनको क्षति भएको छ ।
नेपालले प्रक्रियामा प्रवेश गरिसकेको सन्दर्भमा, पृथकीकरण गरिएको कार्बनलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने सम्भावना छ । हालको अन्तर्राष्ट्रिय बजारमा कार्बनको न्यूनतम मूल्य १० अमेरिकी डलर प्रति टन रहेको छ । यदि सो वन क्षेत्रलाई फडानी हुनबाट जोगाउन सकिएको भए, अनुमानित ९४,५०० अमेरिकी डलर (करिब १ करोड ३२ लाख ३० हजार नेपाली रुपैयाँ) बराबरको कार्बन संरक्षण गर्न सकिन्थ्यो त्यस्तै, वन फडानीलाई प्रत्येक वर्ष ढिलाइ गर्न सकिएको भए, केवल १०५ हेक्टर क्षेत्रबाट मात्र वार्षिक ५,२५० अमेरिकी डलर जोगाउन सकिने देखिन्छ सो वन क्षेत्र ३ वर्षअघि फडानी गरिएको हो । यदि योजनाबद्ध रूपमा रुख कटानीको कार्य विस्तृत परियोजना तयार भए पश्चात मात्र अर्थात् अर्को वर्ष मात्र कटान गरिएको समय देखि अर्कोवर्ष ५ वर्ष हुन जान्छ गरिएको भए, यस अवधिमा करिब २६,२५० अमेरिकी डलर (करिब ३६ लाख नेपाली रुपैयाँ) बराबरको कार्बन आम्दानी गुमाइएको छ । विशेष रूपमा उदयपुर जिल्ला चुरे क्षेत्रमा पर्छ, जुन जल पुनर्भरण र माटो संरक्षणको दृष्टिकोणले अत्यन्तै संवेदनशील र महत्वपुर्ण क्षेत्र मानिन्छ ।

अक्सिजनको प्रयोगकर्ता संख्या
एउटा बिरुवाले दैनिक २.७ केजि अक्सिजन उत्पादन गर्छ र १३६३७ रुखले दैनिक ३६८२० लिटर अक्सिजन उत्पादन गर्द्छ यो कुरालाई यसरी तुलना गरौ ।
एक स्वस्थ व्यक्तिले दैनिक औसतमा श्वास मार्फत लिने अक्सिजन लाई १३,६३७ रुखले उत्पादन गर्ने अक्सिजनसङ्ग मापनगर्दा ३,००० देखि ३,५०० जना मानिसलाई वर्षभरि अक्सिजन आपूर्ति गर्न सक्ने देखिन्छ ।

किट–पतङ्ग र जैविक विविधता

यी रुखमा आश्रित कीट, पुतली, चराचुरुङ्गी, सर्प, थलचर प्राणीहरू पनि बिचलित भए एक रुखमा औसत ५०–१०० प्रजातिका कीट पतंग र जीवहरू आश्रित हुने गर्दछन् । यो हिसावले हेर्दा कति विस्थापित र लोप भए होलान् त्यसको आँकलन गर्न सक्नुहुन्छ डा. साव ? यसरी, हेर्दा कटान गरिएका जंगलक्षेत्रवाट करिब ७ लाख जैविक जीवन इकाईहरू को वासस्थान गुमेको मान्न सकिन्छ ।
चुरेको संवेदनशीलता

चुरे क्षेत्र पानी श्रोतको मूल हो । यहाँको वनस्पति र माटोको बनावटले तराई र भित्री मधेसको जलचक्रलाई सन्तुलनमा राखेको छ । यति ठूलो संख्यामा रुख कटान हुँदा निम्न प्रभाव देखिन्छः

भूमिगत पानी सुक्दै जानु, बाढी–पहिरोको जोखिम बढ्नु,माटो कटान र भूक्षय,स्थानीय हावा–पानी चक्रमा अवरोध ।

डाक्टर साव, विमानस्थलको विस्तृत परियोजना प्रस्ताव नै तयार नभई यस किसीमको पर्यावरणीय क्षति हुनु गम्भीर चिन्ताको विषय होइन र ? हामीले हाम्रो लागि र हाम्रो सन्ततीको लागि गर्ने विकासलाई भोटसँग जोडेर प्रकृती माथी निर्मम किसिमले प्रहार गर्नु हुँदैन । हजुरको यो कार्यले वातावरणमा भईरहेको यो किसिमको बदलीलाई नजर अन्दाजगरी पर्यावरणीय उत्तर दायित्वमा बेवास्ता गरेको देखाउँछ । हामी अहिले संगसंगै सत्ता सहयात्रामा पनि छौं । काटीएका रुखहरुको क्षतीपुर्तीको लागि हजारौंको संख्यामा वृक्षारोपण गरौं, संरक्षण गरौं र त्यसलाई हुर्काउने कार्यमा हातेमालो गरौं । हामीले हाम्रा लागि र हाम्रा सन्ततीको लागि पनि यत्ति गर्नु अपरिहार्य आवश्यकता जस्तै वन्न पुगेको छ । आगामि दिनमा राजनीतीमा सम्लग्न हामी जो कोहीले पनि योजना निर्माणको विस्तृत परियोजना तयार नै नभई प्रकृति माथि, पर्यावरण र वातावरण माथि निर्मम प्रहार नगरौं ।