काठमाडौं- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्मा नेपाल सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितीको सदस्यमा नियुक्त हुनुभएको छ ।
सुचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई आगामी दुईवर्षका लागि सदस्य पदमा नियुक्त गरिएको हो । सञ्चार समुह गण्डकी प्रदेशकी पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालकी पूर्व केन्द्रिय सदस्य शर्मा दुईदशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । खासगरी राजनीति, महिला,समाज,पर्यटन क्षेत्रलाई आधार बनाएर रिपोर्टिङ गरिरहनु भएको छ । पोखरा एक्सप्रेस डट कमकी सम्पादक शर्मालाई आज गुरुङले नियुक्ती पत्र हस्तान्तरण गर्नुभयो । शर्मा गण्डकी प्रदेशका तत्कालिन प्रमुख सिता पौडेलको प्रेस सल्लाहकार हुनुहुन्थ्यो ।







प्रतिक्रिया