काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिट्टै नियुक्ति हुने बताउनु भएको छ। मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीवार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई/चार दिनभित्रै नियुक्ति हुने बताउनु भएको हो।
सञ्चारमन्त्री गुरुङले अब तलमाथि नभईकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताउनुभयो। ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ,’ गुरुङले भन्नुभयो, ‘विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफंग भयो। त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रुपमा थप्यौँ। डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो। काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ।’
मन्त्री गुरुङले हिमाली देशहरू जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको भन्दै सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेन्डा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया