अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीभित्र देखिएका समस्याको पहिचान गरे अघि बढ्नु पर्छ: सचिव भट्ट

पार्टीभित्र देखिएका समस्याको पहिचान गरे अघि बढ्नु पर्छ: सचिव भट्ट


धनगढी-नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र देखिएका समस्याको पहिचान गरे अघि बढ्नु पर्ने बताउनु भएको छ।

नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेको सूर्य युग मुख पत्रको विमोचन कार्यक्रममा बोल्दै सचिव भट्टले पार्टीलाई व्यवस्थित र संगठित रुपले चलायमान बनाउन सबै नेता तथा कार्यकर्ताको विशेष भूमिका रहेको बताउनुभयो।

सचिव भट्टले पार्टीभित्र आन्तरिक रुपमा स-साना गुट उपगुट बनाउने कामले पार्टी कमजोर हुने बताउँदै त्यस्ता काममा कुनै पनि संगठित सदस्यहरु लाग्न नहुने धारणा व्यक्त गर्नुभयो।

सचिव भट्टले पार्टीमा छलफल, बहसबाट भाग्ने प्रचलन बढेकोले नेतृत्वले समस्याको समाधान पहिचान गरेर नै छलफल र बहसबाट निष्कर्ष निकाल्ने बताउनुभयो।

सुदूरपश्चिममा पार्टीलाई मजबुद बनाउन सबै नेता तथा कार्यकर्ताहरु संगठित रुपमा लाग्नुपर्ने बताउनुभयो। सचिव भट्टले अबका दिनमा पार्टीले गरेका कामहरुलाई सूर्य युग मुख पत्रमा विशेष गरी समेटेर जनतामाझ लैजान सुझाव दिनुभयो।

सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका प्राकृतिक स्रोत साधनको सही सदुपयोग गरी प्रदेशलाई समबृद्ध बनाउन सकिने बताउनुभयो।

स्रोत साधन पहिचान गरेर प्रदेशलाई समबृद्ध बनाउन आवश्यक रहेको बताउँदै उहाँले विकास निर्माणका जातीयता, भेगियताको अन्त्य गर्नुपर्ने बताउनुभयो।

कर्यक्रममा केन्द्रीय सदस्य झपट बोहराले प्रदेश सरकारले ल्याउन लागेको बजेट जनताले अनुभूति गर्ने खालको आउनु पर्ने बताउनुभयो। उहाँले बजेट शुसान र पारदर्शी हुनुपर्ने बताउनुभयो।

एनले जनताको पसिना र आँशु प्रदेश सरकारमा बस्नेले बुझ्न जरुरी रहेको बताए ।