अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा


काठमाडौं-काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ। केहीसमय अघि हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै आज देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने चेतावनी दिएकाे थियाे। विभागले पूर्वानुमान गरे अनुसार नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ।

हावाहुरी आज अपराह्न ४ः०० बजेदेखि भाेलि बिहीबार बिहान ६ः४५ रहेको विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लामा यसको प्रभाव पर्ने सम्भावना औँल्याइएको छ ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले हावाहुरी बुधबार अपराह्नदेखि सुरु भई बिहीबार बिहानसम्म जारी रहन सक्ने बताए ।