अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही

चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही


काठमाडौं-नेकपा (एमाले)ले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही गर्ने भएको छ।

पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वयरपरामर्श कमिटीको वैशाख १० गते बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

‘अनुशासनको आधारमा मातहत कमिटीबाट कारबाहीमा परेका र निर्वाचनमा घोषितरुपमा अर्को पार्टीलाई सघाएका सदस्यहरूको बारेमा आवश्यक निर्णय लिने,’ महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको ८ बुँदे निर्देशनमा भनिएको छ।

यस्तै, बैठकले मृत्यु भएका, पार्टी छोडेको घोषणा गरेका र दोहोरो पार्टीमा सदस्यता रेकर्ड भएकाहरूको नाम अध्यावधिक गरी नेकपा (एमाले) को सदस्यताको रेकर्डबाट नाम हटाउने निर्णय गरेको छ।